मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रा. लि.संग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाईनान्स फ्रेन्डका तर्फबाट अध्यक्ष रमेशप्रसाद जोशीले एक कार्यक्रम बीच यस समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

jutta mela

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभएपनि घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.