मुक्तिनाथ विकास बैंकको सहयोगमा भुकम्पले प्रभावित विद्यालय पुनः निर्माण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सहयोगमा भवानी आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

बझाङको थलरा गाँउपालिका वडा नं. ९ मा रहेको यस भवानी आधरभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

शैक्षिक क्षेत्रमा टेवा पुुग्ने उद्धेश्यले २०८० असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भुकम्पबाट प्रभावित सो विद्यालय भवन बैंकको पहलमा पुनः निर्माण भएको हो । नवनिर्मित भवन एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । सो भवन निर्माणका लागि अभिभावक तथा अन्य स्थानीयले श्रमदान गरेका छन् ।

नयाँ भवन निर्माण भएपछि विद्यार्थीले सजिलोसंग पढ्न पाउने, घामपानीबाट सुरक्षित हुने भएकाले दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.