काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई मध्यनजर गर्दै आफ्नो सेवा थप गरेको छ ।
डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाईल
बैंकिङ एप र वेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।
जसअन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराइने बैंकले बताएको छ ।
विज्ञान र प्रविधिका अनेकन आयामहरुलाई प्रयोगमा ल्याई आफुलाई स्मार्ट बैंकको रुपमा परिचित बनाएको बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआईकन जुनसुकै ठाउँमा बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिन ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो ।
ग्राहकले आफ्नो मोवाईल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफै फिर्ता गर्नेछ ।
स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको छ भने विभिन्न डिजटिल बैंकिङ सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवा समेत उपलब्ध गराइरहेको छ ।
डिजिटल कारोवारमा आधुनिक प्रविधी भित्र्याई सोको प्रवद्र्धन तथा कार्यान्वयन गर्ने बैंक मध्येमा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुदै जानु, ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यले बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।






Comments are closed.