माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग सम्झौता गरेको छ ।

डिजिटल बैंकिङ सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याइरहेको बैंकले हालै नेपाल र भारत बीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमिक्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको हो ।

फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपीआई इनाबेल्ड एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमा सिधै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । सम्झौताले व्यापारीमा नगद लेनदेन कारोबार हटाएर क्युआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।

भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्ने गरी नेपाल क्लियरिङ्ग हाउससँग participating tyf Settlement बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उतm सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनैपनि युपिआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सिधैँ पैसा पठाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक एक लाखसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि युपीआई इनाबेल्ड एप्सको प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् ।

हाललाई भारतमा रहेका नेपाली नागरिकले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाखसम्म र खाता नभएको खण्डमा एक वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् । बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थिक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ कारोबारमा टेवा पु¥याउने लक्ष्य लिएको छ ।

 

 

 

You might also like

Comments are closed.

Secret Link