माछापुच्छ्रे बैंकको सहयोगमा कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धादिङवेशी नगरपालिका ५ स्थित कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरेको छ । बैंकले सिम्ले शाखामार्फत यस विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसंग सम्बन्धीत ज्ञान प्रदान गर्न टेवा पु¥याउने उद्धेश्यले बैंकले सो सामाग्री हस्तान्तरण गरेको हो ।

 

jutta mela

विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न, पाठ्य सामाग्री अध्ययन गर्न अती उपयोगी हुने बैंकले विश्वास लिएको छ ।

 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थाको सहकार्यमा स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

 

You might also like

Comments are closed.