महालक्ष्मी विकास बैंकको गोष्ठी सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले कार्य गोष्ठी तथा सेमिनार सम्पन्न गरेको छ । ‘नेतृत्व:सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ भन्ने नारासहित गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रिय कार्यालयका कर्मचारी र शाखा प्रबन्धक सहभागी गोष्ठीमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकारात्मकता बीच आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको छ ।

चितवनको सौराहामा दुुई दिनसम्म चलेको (गत फागुन २६र २७ गते) गोष्ठीमा बैंकको व्यवसाय विस्तार, ग्राहकको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीको सामुहिक प्रयत्न आवश्यक रहने निष्कर्ष निकालिएको छ ।

यस आर्थिक वर्ष २०८०÷०८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । सोही अवसरमा कर्मचारीको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको छ ।

बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

 

You might also like

Comments are closed.

Secret Link