निजी प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्न नाडाको आग्रह

 

काठमाडाैं । निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आग्रह गरेको छ ।

नाडाले आज नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles सार्वजनिक गरेको छ ।

jutta mela

१ खर्व भन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्व ५० अर्वभन्दा बढी राजश्वमा योगदान पुर्‍याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्षरुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाजगरी सरकारले निजी प्रयोजनका कार, जीप र भ्यानलाई आगामी असार मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध लगाएको छ ।

नाडाले केही दिन अघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्न माग गर्दै अर्थ मन्त्रालयमा सुझाव दिएको थियो ।

नाडाले सार्वजनिक गरेको NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles बाट नेपालको अटोमोवाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

 

 

 

 

You might also like

Comments are closed.