नमस्ते पेद्वारा नेपालभर स्मार्ट क्यूआर सेवा सुरु

काठमाडौं । नमस्ते पे मोबाइल भुक्तानी सेवाले आफ्नो वालेटमार्फत Smart QR उपलब्घ हुने नेपालभरका मर्चेण्टरूमा Scan & Pay सेवा शुरु गरेको छ।

यो सेवा शुरु भएसंगै नमस्ते पे वालेटका प्रयोगकर्ताहरुले Smart Choice Technologies (SCT) द्वारा जारी गरिएका Smart QR प्रयोग हुने मर्चेण्ट आउटलेटहरूमा QR स्क्यान गरी आफ्नो वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन् । Smart QR नेटवर्कमा हाल नेपालभर मर्चेण्टहरू रहेका छन् ।र, सो नेटवर्कलाई थप मर्चेण्टहरु माझ विस्तार गर्ने कार्यसमेत जारी रहेको छ ।

QR भुक्तानी सेवा शुरु भएसंगै नमस्ते पे वालेट प्रयोग गरी Smart QR मार्फत गोल्डस्टार जुत्ताका शोरुमहरूमा भुक्तानी गर्दा ३० प्रतिशत (अधिकतम रू ३००) सम्म छुटसमेत प्राप्त गर्न सकिनेछ । साथै भविष्यमा थप आकर्षक अफरहरू आउनेसमेत Smart QR सञ्चालक SCT तथा नमस्ते पे सञ्चालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) ले जनाएका छन् ।

jutta mela

NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्तरुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्। नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । सो प्रयासमा स्मार्ट क्युआरसंग गरिएको सेवाको शुरुवात एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने NDPC को विश्वास रहेको छ ।

You might also like

Comments are closed.