गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न

काठमाडौं । गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न भएको छ । गल्फ लुब्रिकेन्टेको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो डिलर मिट च्यालेन्जेज इग्निटिज सक्सेस (Challenges  Ignites Success) नारामा सम्पन्न गरेको हो ।

दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो ।

डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पंक्तिबद्ध गर्नेे उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मानसमेत गरिएको थियो ।

jutta mela

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले डिलरहरूको अथक प्रयास र मेहेनतले ल्युब आयल नेपालकै सर्वाधिक बिक्रि हुने ब्रान्ड बन्न सफल भएको बताए ।

‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन् । यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र मेहेनतको कारण हामी नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड भैराखेका छौं,’ चौधरीले भने, ‘म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु, जसले यो सम्भव बनाएको छ ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।

You might also like

Comments are closed.