वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लुभु, ललितपुरले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुख तथा अभिभावकको उपस्थितिमा कार्यक्रममा गरिएको हो ।

‘एक सदस्य एक लघुवित्त’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपाय जस्ता विषयमा सहजिकरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यलाई सानो—सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरणप्रति सजग गराउने, बहुबंैकिङबाट बच्न सिकाउने, आवश्यकता अनुसारको कर्जा कारोवार गरी उद्यमशील बनी आर्थिक रुपमा सक्षम बनाउने जस्ता कार्यहरु गरी समाजलाई सकारात्मक दिशातर्फ अगाडी बढाएकोमा धन्यवाद व्यक्त गरिन् ।

वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । यस संस्थाले आफ्ना कारोवारलाई प्रविधिमैत्री बनाई पारदर्शि बनाउनेतर्फ अगाडी बढेको उनी बताउँछन् । कार्यक्रममा १५० जना भन्दा बढी सहभागी सदस्य, तालिम विभाग प्रमुख मोहितनारायण यादव तथा शाखा कार्यालय लुभुका कर्मचारी लगायत सहभागी थिए ।

You might also like

Comments are closed.