नेपाल बैंकर्स संघले गर्यो ७ प्रदेशमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा ७ वटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम गरेको छ ।

डिजिटल माध्यमबाट वित्तीय कारोवारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४ सय भन्दा बढी बैंकिङ अधिकारीको सहभागिता रहेको थियो ।

jutta mela

कार्यक्रममा डिजिटल वित्तीय सेवाको बुझाईमा थप विकास गर्ने, आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्नेे, ग्राहकको चेतनाको स्तर अभिबृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने लगायतका बिषयमा केन्द्रित रहेको बताइएको छ ।

कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोवार, बढ्दै गईरहेको साइबर ठगी र त्यससंग सम्बन्धित बढ्दो चुनौती जस्ता प्रमुख विषय समेटेको छ । सहभागीलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, त्यसका फाइदा लगायत डिजिटल वित्तीय सेवाका पछिल्ला घटनाक्रमहरूको व्यवहारिक पक्षको बारेमा जानकारी गराउदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको छ ।

कार्यक्रमले डिजिटल वित्तीय सेवाबारे बैंकका कर्मचारीले पु¥याउनुपर्ने भूमिकालाई जोड दिदै कर्मचारीको आवश्यक ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी डिजिटल वित्तीय सशक्तिकरणतर्फ नेपालको यात्रामा एउटा महत्वपूर्ण योगदान पु¥याउनुका साथै सुरक्षित र समावेशी डिजिटल वित्तीय वातावरण प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

You might also like

Comments are closed.