नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । बुधबार सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला यस अघि संघको उपाध्यक्ष थिए ।

संघको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी, कार्यकारिणी समितिका ३ सदस्यमा  एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ; कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल; र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

संघको कार्यकारिणी समितीमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, प्राइम कर्मीसयल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेंल रहेका छन् ।

साथै, निवर्तमान अध्यक्ष सुनिल के.सी. कार्यसमितिको पदेन सदस्यको रुपमा रहनेछन् भने पूर्व अध्यक्षहरु अशोक शमसेर ज.ब.राणा र ज्ञानेन्द्र प्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकारको रुपमा रहनेछन् ।

You might also like

Comments are closed.

Secret Link