तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण

काठमाडौं । वसन्तपञ्चमीको अवसरमा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ ।  माघ १२ गते बिहीबार काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजित विशेष समारोहमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको हो ।

अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो ।

शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको हो ।

jutta mela

यसैगरी, आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो ।

साथै पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने पत्रकारमध्ये हिमालखबर पत्रिकामा कार्यरत पत्रकार अनिता भेटवालाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

You might also like

Comments are closed.