काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न म्यानेजमेण्ट कन्फरेन्स काठमाडौंमा आयोजना गरेको छ ।
हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतिको बारेमा अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीका बीचमा छलफल गरी सम्बोधन गर्न र आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्नका लागि बैंकले म्यानेजमेण्ट कन्फरेन्स २०२४, आयोजना गरेको जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनले सरकार निरन्तरताका आधारमा सञ्चालित हुुन्छन्, तिनका आधारमा नीतिहरु आधारभूत रुपमा परिवर्तन हु“दैनन्, यसैको आधारमा सरकारले नीति बनाएर कार्य गरिरहेको बताए ।
ऋण लिएर तिर्नुहुदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने, राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभईरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नया“ ढंगले कार्य गरिरहेको उनले बताएका छन् । बैंकिङ क्षेत्र जनताको रकमबाट चल्ने भएकाले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्ने अर्थमन्त्री पुनको भनाई छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउँछन् । उनले बैंकिङ क्षेत्रले जनविश्वास कायम गर्ने गरी कार्य गर्नुपर्ने र साना खराब कामले संस्थालाई असर गर्ने हु“दा सचेत भएर काम गर्नुपर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समग्र बैंकिङ क्षेत्रको बारेमा अवगत गराउँदै यस बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको जानकारी दिए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ क्षेत्रको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेपनि वित्तीय अवस्था ठिक रहेको बताउदै उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियाकै उत्कृष्ट बैंकिङ क्षेत्र हुन सक्ने बताउछन् ।
अर्थविद् डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राखेका छन् ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा करिव ४५० जनाको सहभागीता रहेको थियो ।






Comments are closed.