काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँँखुुको आयोजनामा वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रम भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ग्राहक सदस्यका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयमा केन्द्रित रहेर अन्तक्र्रिया गरिएको छ ।
लघुवित्तले ग्रामीणस्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा शहरी क्षेत्रका नागरिक लाभान्वित बनेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपप्रमुुख समिता श्रेष्ठले ग्राहकलाई सानो–सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसायोग्य रहेको बताइन् ।
वित्तीय संस्थाका सञ्चालक उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताइन् । प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिएर सही ठाँउमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नाम अनुसार स्वावलम्बी हुन आग्रह गरिन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ६ नम्वर वडाका वडा सदस्य मञ्जु पुडासैनीले लघुवित्तले समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठुलो मद्दत गरेको बताइन् । कागेश्वरी मनोहरा ७ नम्वर वडाका वडा सदस्य सुनिता बोगटीले आफ्नो व्यवसाय सञ्चालनको सहयात्री स्वावलम्बन रहेको बताउँछिन् ।
कार्यक्रममा १५७ वटा केन्द्रमध्ये सर्वोत्कृष्ट तीनवटा केन्द्रहरु गोकर्णेश्वर ८ का क्रमशः प्रथम हुने आरुबारी स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ७७, दोश्रो गणेश स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. २० र तेश्रो शंखर स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ६५ लाई प्रमाण पत्र सहित नगद पुरस्कारले सम्मान गरिएको छ ।
२०७९ को एस.ई.ई. परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुन सफल केन्द्र नं. १२० की सदस्य सावित्री पराजुलीको छोरा सविन पराजुलीलाई प्रमाण पत्र सहित नगद पुरस्कारले सम्मान गरिएको छ ।






Comments are closed.