जीवन बीमाका समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका समसामयिक विषयमा छलफल गरेको छ ।

काठमाडौंको होटल एम्बेसडरमा भएको छलफल कार्यक्रम सफलतापूवर्क सकिएको छ । विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको सहभागीतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथी नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अहिले बदँलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको बताए । उनले बीमा बजारको विकासका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरे ।

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर, समस्या र चुनौतीका बारेमा जानकारी दिदै नेपाली जीवन बीमा कम्पनीलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाको बारेमा चर्चा गरेका छन् । उनले फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत सहभागीलाई प्रष्ट रुपमा जानकारी दिएका छन् ।

नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले कार्यक्रममा सहभागीलाई धन्यवाद दिदै यस किसिमको आयोजनाले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने बताए ।

नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारी, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारी लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.

Secret Link