काठमाडौं । समृद्धि फाइनान्सले चार शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा पोखरा, मधुवन, गैर र हेटौंडा शाखाले महिला, किसान, युवा, विपन्न वादी समुदायमाझ कार्यक्रम गरी वित्तीय साक्षरताबारे जानकारी दिएको छ ।
“Protect your money, secure your Future” भन्ने मूल नाराका साथ पोखरा शाखाबाट गुरुङ महिला समुहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० किसान तथा युवालाई, गैर शाखाबाट स्थानीय रैथाने विपन्न वादी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवामाझ कार्यक्रम गरिएको हो ।
सबै शाखा क्षेत्रमा रेमिटान्स मुख्य आय भएकाले वैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई बचतमा परिणत गरी उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अनावश्यक खर्चलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार, यसका अवसर र चुनौतीको विषमा सहजिकरण गरिएको थियो ।
विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा फाइनान्सले आफ्ना सबै शाखाबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बैंकले प्रतिवद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
साथै आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु उपलब्ध छ ।






Comments are closed.