एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार बढी विद्यार्थी लाभान्वित

काठमाडौं । एभरेष्ट बैंकले मुलुका ७ प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट बंैकको संयोेजनमा बिगत वर्षमाजस्तै यसवर्ष पनि विश्व वित्तीय सप्ताह २०२४ को अवसर पारेर देशव्यापी रुपमा सञ्चालन भएको वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

विभिन्न शाखा कार्यालयमार्फत विद्यालय तथा क्याम्पसमा भएका कार्यक्रममा करिव तीन हजार भन्दा बढी सहभागी विद्यार्थीलाई वित्तीय शिक्षाको महत्वबारे जानकारी दिइएको छ ।

jutta mela

“Protect your money, secure your Future” भन्ने नाराका साथ भएको कार्यक्रममा सहभागीलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइएको छ ।

पञ्जाव नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकको पहिलो रोजाइमा छ । बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

देशैभरी छरिएर रहेका आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

You might also like

Comments are closed.