काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका ७ प्रदेशमा रहेका १८ शाखामार्फत भएको वित्तीय साक्षरता कार्यक्रमबाट करिव एक हजार विद्यार्थी लाभान्वित भएका छन् ।
वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा सहभागीलाई जानकारी दिइएको छ । फाइनान्सको हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टरसहित ७ प्रदेशमा शाखा सञ्जाल रहेको छ ।
आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रम आयोजना गरिने प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले जानकारी दिए ।
Comments are closed.