महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल बीच सहकार्य

काठमाडौं । बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच सहकार्य भएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडद्धारा सञ्चालित खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालको अधिकतम उपयोग गरी लगानीका अवसरको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ ।

jutta mela

देशभर रहेका लगानीकर्ताको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भइ वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयमार्फत प्रदान गरिनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करिव ७ लाख ग्राहक रहेका छन् ।

बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

You might also like

Comments are closed.