फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरमा ग्रीन डेभलपमेण्ट बैंकका कर्मचारी र ग्राहकलाई छुट

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड पोखराले फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीसँग सम्झौता गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको यस बैंकले आफ्ना सम्पुर्ण ग्राहक तथा कर्मचारीका लागी विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट प्रदान गर्नका लागी विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता पछि बैंकका ग्राहक एवं कर्मचारीले हस्पिटलमा उपलब्ध सेवाहरु Doctor’s /Physician Consultation Fee, USG(Ultrasonogram), UGI Endoscopy, ECG,E-ray, CT Scan, All type of Bed Charges, Pathology Service, Health Package मा ५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

jutta mela

पोखरामा गैहृापाटनमा अवस्थित हस्पिटलबाट अन्तर्राष्ट्रियस्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट विभिन्न रोगको उपचार हुदै आएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रवन्धक संयुक्तबहादुर धाख्वा र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीका तर्फबाट अध्यक्ष प्रा.डा. भोला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना शाखा कार्यालयमार्फत Mobile Banking, QR Code,  IPS, Connect IPS, ATM/Debit Card, QR  जस्ता डिजिटल बैकिङ सुबिधा साथै सुलभ रुपमा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

You might also like

Comments are closed.