समृद्धि फाइनान्सद्धारा निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सको आयोजनामा एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न भएको छ ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसात गर्दै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीसडक कार्यालयद्धारा पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा शिविर सञ्चालन गरिएको हो ।

आर्सिया डेन्टल तथा जे.जि.एस आइ केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरबाट सेवा दिइएको कार्यक्रममा दन्त परीक्षण अन्तर्गत २८० जना र आँखा परीक्षणमा ३२९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिएको फाइनान्सले जनाएको छ ।

jutta mela

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक महिनाको लागि फरक–फरक कार्यक्रमहरु तय गरेर सञ्चालन गरिरहेको छ । जसअन्तर्गत चैत महिनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ भने आउने महिनाको लागि विभिन्न समयमा अन्य कार्यक्रमहरु आयोजना गर्ने संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड लगायतका डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.