निवन्ध प्रतियोगिताको विजेता घोषणा

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएशन नेपालले आयोजना गरेको निवन्ध प्रतियोगिताको विजेता घोषणा भएको छ ।

“Initiatives in fostering financial literacy in Capital Market of Nepal” विषयमा आयोजित सो निवन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम हुन भएकीछिन् ।

काठमाडांै विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय, मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएका छन् ।

jutta mela

प्रतियोगितामा पुरस्कारहरु क्रमशः नगद प्रथम रु. ५० हजार, द्वितीय रु. २५ हजार र तृतीय रु. १५ हजार रहेको छ । विजेतालाई धितोपत्र ब्रोकर्श एशोसिएशन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्ने बताइएको छ ।

गत फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन चैत ७ गते साँझ ५ वजेभित्र देशभरीबाट निबन्ध पठाएर सहभागी भएका तथा प्रतियोगिताको नियमबमोजिम सामेल भएका ३२ जना प्रतियोगिबाट विजेता छनौट गरिएको छ ।

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्णकुमार गिरी र सन्दिप राणासहित गठन गरेको ३ सदस्यीय मुल्याङ्कन समितिले प्राप्त निवेदन उपर विषयवस्तुको प्रस्तुति, त्यसको व्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्याङ्कन गरी विजेताको छनौट गरेको हो ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्वव्यापी रुपमा हरेक वर्ष मनाइने अभियान हो । यो सप्ताह हरेक वर्ष अर्गनाइजेशन अफ इकोनोमिक को–अपरेशन एण्ड डेप्लभमेण्टको आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजन, नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणको सह–संयोजकत्वमा नेपालमा पनि मनाइने गरिएको छ ।

You might also like

Comments are closed.