प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्वारा ८ वर्षे कार्यकाल पूरा, कामुमा खनाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई विदाई गरिएको छ ।

आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका श्रेष्ठलाई बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच बिदाई गरिएको हो ।

समारोहमा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको छ । श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोगप्रति सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् ।

jutta mela

उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका हुन् भने श्रेष्ठ २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएको बताइएको छ ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ ।

समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कंडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

 

You might also like

Comments are closed.