महालक्ष्मी विकास बैंकद्वारा शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्ष २०८१ अवसरमा सेयर किनबेच गर्ने शेयर लगानीकर्तालाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ खाता सञ्चालनमा ल्याएको हो ।

यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टि. एम. एस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टि. एम. एस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन ।

jutta mela

टि. एम. एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीसँग आवश्यक सहकार्य समेत बैंक स्वयंम्ले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

गत पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

You might also like

Comments are closed.