सांग्रिला बैंकका कर्मचारी र ग्राहकलाई बञ्जी नेपाल एडभेन्चरमा बञ्जी गर्दा सहुुलियत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड काठमाडौं र रातोपैरो–१७, पोखरामा स्थित बञ्जी नेपाल एडभेन्चर प्रा. लि बीच सम्झौता भएको छ ।

बैंकका ग्राहकलाई बञ्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बञ्जी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार यस बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बञ्जी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बञ्जी गर्दा रु एक हजार र जोडीले बञ्जी गर्दा रु १५ सयसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्ने बताइएको छ ।

jutta mela

यस सम्झौताबाट कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

You might also like

Comments are closed.