बालबालिकालाई कृत्रिम हात वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले हात नभएका बालबालिकालाई कृत्रिम हात उपलब्ध गराएको छ ।

बैंकले ईनेबल नेपाल संस्था (गैर मुनाफा मूलक) संगको साझेदारीमा देशका विभिन्न स्थानबाट बसोबास गर्ने, कृत्रिम हातको आवश्यकता परेका बालबालिकालाई एक कार्यक्रमका बीच कृत्रिम हात वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र ईनेबल नेपाल संस्थाका पदाधिकारीबाट बालबालिकालाई कृत्रिम हात वितरण गरिएको छ । सो कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाका अभिभावक र ईनेबल नेपाल संस्थाका कर्मचारी लगायत सहभागी थिए ।

jutta mela

हालमा बैंकले ५ थान कृत्रिम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरु वितरण गर्ने बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुुरुङले बताए । हात नभएका बालबालिकालाई कृत्रिम हात उपलब्ध गराएपछि उनीहरु उत्साहित भएका छन् ।

डिजिटल कारोबारलार्ई  प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)  जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभएपनि घरबाटै उपयोग गर्न सकिने बैंकले व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.