हिरो मोटोकर्पका ४ उत्पादन अब नेपालमै बन्ने, सीजीले सुरू गर्यो एसेम्बल प्लान्ट

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले उत्पादन गर्दै आएको ४ वटा मोटरसाइकल तथा स्कुटर अब नेपालमै निर्माण हुने भएको छ ।

हिरो मोटोकर्पले सीजी मोटर्ससँग अधिकृत बिक्रेताको साझेदारी गरेसँगै हिरोका विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सपल्स–२०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल तथा जूम ११० स्कुटर नेपालमै एसेम्बल हुने भएको हो । जुन उत्पादनहरू आज विशेष कार्यक्रमका बीच बजारमा उपलब्ध रहेको घोषणा समेत गरिएको छ ।

उक्त कार्यका लागि सीजीले नवलपरासीको सीजी इन्डष्ट्रीयल पार्कमा अत्याधुनिक एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ । सो प्लान्टको वार्षिक क्षमता ७५ हजार युनिट रहेको छ ।

jutta mela

सीजी मोटर्सले बढ्दो ग्राहक सङ्ख्यालाई दृष्टिगत गरी नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत गतिमा विस्तार गर्ने स्पष्ट गरेको छ । हिरो मोटोकर्प सन् २०१४ मा नेपालमा प्रवेश गरेको थियो । कम्पनीका लागि एसियामा नेपाल एक प्रमुख बजार हो ।

यस्तै, चौधरी ग्रुप (सीजी) नेपालको व्यापार परिदृश्यमा एक प्रमुख व्यावसायिक घराना हो, यसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विस्तृत नेटवर्क सञ्चालन गर्दछ । जसअन्तर्गत १५ हजार भन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।

समूहको सञ्चालनमा फास्ट–मुभिङ कन्ज्यूमर गुड्स (एफएमसीजी) उद्योग, वित्तीय सेवा, ऊर्जा तथा पूर्वाधार विकास, हस्पिटालिटी क्षेत्र र अत्याधुनिक इलेक्ट्रोनिक्स क्षेत्र समावेश छन् ।

You might also like

Comments are closed.