ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठको सपथ

काठमाडौं । ग्रीन डेभलपमेन्ट लिमिटेड बैंकको अध्यक्ष पदमा नियुक्त भएका गणेशकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेलबाट अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।
गत चैत २७ गते सम्पन्न यस बैंकको १० औँ तथा ११ औँ संयुक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्पmबाट अध्यक्ष पदमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

यस बैंकलाई अहिलेको अवस्थासम्म ल्याउनका लागि नेपाल राष्ट्र बैंकले पु¥याएको सहयोगको स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

jutta mela

श्रेष्ठले नेपाली बैंकले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्रीन डेभलपमेन्ट लिमिटेडलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

You might also like

Comments are closed.