समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरीङ सेन्टरमा नयाँ कपडा खरिदमा १० % छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विहिवार डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाडौसंग समझदारी गरेको छ ।

समझदारी अन्तर्गत फाइनान्सका ग्राहकले यही वैशाख १४ गते देखि समृद्धि मोबाइल बैकिङ, डेविड कार्ड तथा सि आइ पि एस प्रयोग गरी सो टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १०% छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरीङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link