एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ ।

यस बैंकले देशका विभिन्न स्थानमा रहेका ग्राहकलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आज आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।

लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइकेलले संयुक्त रुपमा काउन्टरको उद्घाटन गरेका हुन् । मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज हुने बताएका छन् ।

बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्ने, यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनर, स्थानीयलाई बैंकिङ कारोबारमा थप सहज हुने जानकारी दिए ।

उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान, सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत सहभागी थिए ।
साथै, सर्वसाधारणले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने छन् ।

साधारण बचत खाता (न्युनतम मौज्दात) रु. १००/

jutta mela

चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००/

तलबी बचत खाता – शुन्य मौज्दात

नारी बचत खाता – रु. १,२५०/

डेबिट कार्ड, एसएमएस अल्र्ट सेवा, मोबाइल बैंकिङ सेवा – पहिलो पटक निःशुल्क

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन् ।

देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

You might also like

Comments are closed.