क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सद्वारा धितोपत्र निष्काशन तथा बिक्री गर्न एनआइएमबि एस क्यापिटललाई नियुक्त

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरी सम्झौता गरेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रति शेयर अंकित मूल्य १०० दरमा सर्वसाधारणमा निष्काशन गर्नको लागि मंगलवार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्यका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आइपिओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।

jutta mela

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्य लिएर यस क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स २०७९/१२/२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी २०८०/०२/०८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे हो ।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८०/०२/१० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको यस कम्पनीमा संयुक्त लगानीकर्तामा नेपाली प्रतिष्ठित व्यवसायी समूहको संस्थापक लगानी ७०% रहेको छ । यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताको लगानी ३०% रहनेछ ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

 

You might also like

Comments are closed.