समृद्धि फाइनान्सको सहयोगमा विपन्न विद्यार्थीलाई स्टेशनरी

काठमाडौं । समृद्धि फाइनान्सले विपन्न विद्यार्थीलाई स्टेशन वितरण गरेको छ । वनेपा शाखा र मधुवन शाखाबाट स्टेशनरी वितरण गरिएको फाइनान्सले जनाएको छ ।

वनेपाको शिक्षा सदन माध्यमिक विद्यालयका ४० र मधुवन शाखाबाट जनता माध्यमिक विद्यालयका ३० विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।

jutta mela

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमको सूचीमध्ये स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थीलाई कापी र कलम वितरण जनाएको छ । साथै बैशाख महिनाभित्र आफ्ना औरही, गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु फाइनान्सले निःशुल्क प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.