एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौं । एन आई सी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF महिला च्याम्पियनशिप २०२४, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

सोमवार ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको बताइएको छ ।

jutta mela

बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित सो सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यलाई जनही रु. २५ हजार र सम्मानपत्र सहित सम्मान गरेको छ । साथै, उक्त कार्यक्रमका बीच बैंकले फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै WAFF महिला च्याम्पियनशिप २०२४ को फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।

मैदान र मैदान बाहिर रहेर प्रगियोगिता अवधिभर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दै अगामी दिनमा पनि यस्तै सफलता प्राप्त होस् भन्ने कामनासहित बैंकले शुभकामना व्यक्त गरेको छ । एन आई सी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको छ ।

 

 

 

You might also like

Comments are closed.