“८% नबिल डिवेन्चर २०८९” को निष्काशनको लागि नेपाल एसविआई मर्चेण्ट बैकिङलाई बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल एसविआई मर्चेण्ट बैकिङ लिमिटेड बीच सम्झौता भएको छ ।

नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

jutta mela

नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिल बैंकले प्रति ऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्काशन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिने बैंकले जनाएको छ ।
यो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु.१ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट निष्काशन गर्न थालिएको हो ।

सर्वसाधारणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

 

You might also like

Comments are closed.