काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैंकले करिब एक हजार विद्यार्थीलाई वितरण गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो । बैंकले राउन्ड टेबल नेपाल संग सहकार्य गरी एक कार्यक्रमका बीच विद्यार्थीलाई सहयोग गरिएको छ ।
बुधबार काठमाडौं, धनगढी, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी ८ स्थानमा सम्पन्न कार्यव्रmममा सहभागी हुदै बैंकले शिक्षाको मुल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आइरहेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
Comments are closed.