प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई न्यु होटल पिस प्यालेस र होटल दि राजनमा छुट

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई बाग्लुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने भएको छ ।

छुट सम्बन्धी छुट्टा–छुट्टै समारोहका बीच सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक रुपले भरिपुर्ण बाग्लुङ जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपूर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बाग्लुङ झोलुङ्गे पुलको जिल्लाको उपनामबाट चिनिन्छ ।

धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि बाग्लुङ टे«किङ्ग, बाइकिङ्ग, ¥याफ्टिङ तथा साहसिक चाहनेहरुका लागि यी क्षेत्र गन्तव्यका रुपमा लिइएको छ । कालिका भगवती मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानबाट समेत परिचित छ । बाग्लुङको ढोरपाटन शिकार आरक्षमा निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाइन्छ ।

ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको यस बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ

साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.