खल्तीमा स्टैंडर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने

काठमाडौं । खल्ती र स्टैंडर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बीच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ । स्टैंडर्ड चार्टर्ड बैंकका ग्राहकले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाको उपभोग गर्न सक्ने भएका छन् ।

यस साझेदारी भएपछि ग्राहकले स्टैंडर्ड चार्टर्ड बैंकको एप– ‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् । बिना झन्झट खल्ती लोड गरी आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सकिनेछ । ग्राहकले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू धेरै सुविधाको लाभ लिन सक्ने बताइएको छ ।

यस बैंकको एप– एस् सी मोबाइल नेपाल प्रयोग गरी निम्न तरिकाले खल्ती लोड गर्न सकिन्छ :

१) बैंकिङ एप भित्र जाने
२) माथिल्लो भागको बायाँ कुनामा रहेको तिन धर्कामा ट्याप गर्ने
३) ‘बिल पेमेन्ट’ मा छनोट गर्ने
४) ‘लोड वालेट’ भित्र ‘लोड खल्ती’ छनोट गर्ने
५) विवरण भर्ने
६) बैंकको साइन इन गर्ने
७) प्राप्त भएको ओटीसी र इटिएसी राख्ने
८) लोड पूरा गर्ने

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार यो सुविधा सँगै अब बैंकका ग्राहकले खल्तीमा आबद्ध भई युटिलिटी बिल भुक्तानी, बुकिङ साथै खल्तीका अन्य नयाँ सुविधा निर्बाध रूपमा प्रयोग गर्न पाउनेछन् ।

आईएसओ २७००१ : एम २०१३ बाट मान्यता प्राप्त साथै ध्क्ष्त्क्ब् ग्लोबल इनोभेसन र प्राविधिक उत्कृष्टता पुरस्कार २०२२ देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र डिजिटल कारोबारमा पुर्याएको योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ता, १ लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट व्यवसायी, ५५ बढी बैंक तथा वित्तीय संस्था, १५ सय बढी सहकारी र ३ सय बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।

नेपालीमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

नेपालमा १९८७ मा स्थापना भएको स्टैंडर्ड चार्टर्ड बैंक नेपालले हाल देशभर १५ शाखाको प्रतिनिधित्व र ५०४ भन्दा बढी कर्मचारीको साथ लिएर निरन्तर रूपमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ । खल्ती  एप www.khalti.com/app  बाट डाउनलोड गर्न सकिन्छ।

You might also like

Comments are closed.

Secret Link