निःशुल्क स्वास्थ्य परिक्षणमा २६४ जनाले लिए सेवा लिए

पोखरा । समृद्धि फाइनान्सले एक दिने निःशुल्क स्वास्थ्य परिक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पोखरा शाखा कार्यालयमार्फत शिविर सञ्चालन भएको हो ।

पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य परीक्षणमा २६४ जनाले सेवा लिएका छन् ।

पोखरा वडा ४ का वडाध्यक्ष देवकृष्णा पराजुलीको प्रमुख आतिथि रहेको स्वास्थ्य परीक्षण शिविरमा डा. अनुप बराल र डा. प्रतिभा तिमिल्सिनाको टोलीले सेवा दिएको हो ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको फाइनान्सले जनाएको छ ।

You might also like

Comments are closed.