बिराट गोल्ड कपको मुख्य प्रायोजक एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने भएको छ ।

बैंकले आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

यही चैत १५ देखि २४ सम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गइरहेको प्रतियोगितामा सङ्कटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ–११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी–११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता–११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् ।

jutta mela

कोशी प्रदेशमा रहेका नव खेलाडीलाई हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुन गइरहेको यस प्रतियोगिताका विजेताले नगद रु. ११ लाख, उपविजेताले रु. ५ लाख ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही रु. २१ हजार र उत्कृष्ट खेलाडीलाई रु. २१ हजार प्रदान गरिने जनाइएको छ । नेपाली जनमानसको मन–मनमा विशेष स्थान ओगटेको फुटबल खेललाई थप उचाइमा पु¥याउन बैंकले गरेको यो सहकार्यले विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले यस्ता प्रतियोगितामा सहकार्य गरेर खेल जीवनलाई प्रवद्र्धन गर्ने मात्र नभई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न इच्छुक युवा खेलाडीलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने बैंकको नारालाई साकार गर्न समेत खेल क्षेत्रसँगको सहकार्यले ठोस टेवा दिने समेत बैंकको विश्वास रहेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्ये एक बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

You might also like

Comments are closed.