निःशूल्क आँखा शिविर सम्पन्न

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले निःशूल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । बाराको परवानिपुर शाखामा आँखा जाँच सम्बन्धी शिविर सञ्चालन गरेको हो ।

वित्तीय सेवाका अलवा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्रियाकलाप गर्दै आइरहेको यस संस्थाले नागरिकलाई सहज सेवा दिन आँखा शिविर आयोजना गरेको जनाएको छ ।

गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । शिविरमा १२४ जना आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । स्वास्थ्य जाँच, औषधी वितरण तथा मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ ।

इटहरी नगरपालिका वडा नं ९ रजिष्टार्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८, बनेपामा कर्पोरेट कार्यालय रहेको छ । यस संस्थाले देशका ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा दिएको छ ।

आर्थिक, सामाजिक र भौगोलिक रुपले पिछडिएका न्युन वर्गीय नागरिक, ग्रामीण महिलालाई लक्षित गरी एक अग्रणी लघुवित्तको रुपमा रहेको छ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले विगत १० वर्षदेखि वित्तीय सेवाको पहुँच पु¥याउँदै आइरहेको छ ।

You might also like

Comments are closed.