एन आई सी एशिया बैंकले ग्राहकलाई कर्जामा छुट दिने

काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकलाई मध्यनजर गर्दै कर्जामा छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउन २०८० चैत मसान्त सम्ममा विभिन्न भाखा नाघेका कर्जालाई छुट दिने भएको छ ।

भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ । बैंकले ९१ दिन देखि १८० दिनसम्म भाखा नाघेको कर्जामा १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिन भन्दा बढी ३५ प्रतिशत सम्म साधारण ब्याज रकममा छुट दिनेछ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनैपनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । बैंकले ऋणीका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकलाई वित्तीय भार कम गर्न केही हदसम्म भएपनि मद्दत पुग्नेछ । देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

You might also like

Comments are closed.