एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजले फ्लाईट टिकटमा १०% सम्म छुट दिने

काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

बैंकका ग्राहकले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ ।

यो अफरमार्फत ग्राहकले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् । https://bit.ly/NMBQatar थप जानकारी लिन सकिनेछ ।

यस बैंक विगत २८ वर्ष देखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि सो पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.