एनएमबि बैंकको अन्तर्राष्ट्रिय विमानस्थलमा थप नयाँ एटीएम सञ्चालन

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको हो ।

बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा दुईवटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

 

You might also like

Comments are closed.