निःशूल्क स्वास्थ्य जाँच

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व मुटु दिवसको, २०२४ को अवसरमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

ग्राहक तथा समुदायका सदस्यलाई आइतवार मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा स्वास्थ्य शिविर सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यको स्वास्थ्यलाई समेत प्राथमिकता दिएर शिविरमार्फत स्वास्थ्य जाँच गरेको छ ।

jutta mela

कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञले साधारण स्वास्थ्य परिक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारी उपलब्ध गराएका छन् । साथै यस कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जिवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्वबारे जानकारी दिइएको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि सो पत्रिकाद्वारा हाल सम्म ४ पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।


बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.