एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ । एनमबि बैंक र ऊर्जा प्रवर्द्धन केन्द्रबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ ।

यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्न सहयोग मिल्ने छ । एनएमबिले दीगो बैंकिङमार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिइरहेको छ ।

jutta mela

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमा आफ्नो हरित लगानी कार्यविधी (Green Financing Framework) र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) को विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर तयार पारेको छ ।

एनएमबि नवीकरणीय ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने नेपालको अग्रणी बैंक हो । यो साझेदारीले देशमा नवीकरणीय ऊर्जाको लगानीलाई विस्तार गर्नको लागि सहयोग प्रदान गर्नेछ । यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय सेवामा पहूँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवर्द्धनको लागि प्रोत्साहित गर्नुको साथै यो सम्झौता पश्चात बैंकको हरित कर्जा अझ बढी लक्षित वर्गमा पुग्नेमा विश्वस गरिएको छ ।

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आइरहेकोे एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । बैंकले देशैभरी रहेका २०१ शाखाहरु, १३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरुमार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.