व्यवसायीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न पोउवा संघको माग

 

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले मंगलबार संसद् भवन अगाडि आत्मदाह गरी निधन भएका प्रेमप्रसाद आचार्यमाथि न्याय गर्न सरकारसँग माग गरेको छ ।

संघले आज एक विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाको प्रताडनाकै कारण आगामी दिनमा कुनै पनि उद्योगी व्यवसायीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न माग गरेको छ । यी समस्याको समाधान नभए नेपालको निजी क्षेत्र आन्दोलनमा उत्रन बाध्य हुने संघले चेतावनी दिएको छ ।

jutta mela

यसका साथै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई विषम परिस्थितिमा धैर्य धारण गर्न, आत्मबल दह्रो बनाउन, विषमतासँग जुध्ने सामार्थ्य अभिवृद्धि गर्न र आफ्ना समस्या निर्धक्कसँग पोखरा उद्योग वाणिज्य संघलाई जानकारी गराउन पनि संघका महासचिव बलराम आचार्यद्वारा जारी विज्ञप्तीमा आग्रह गरिएको छ ।

You might also like

Comments are closed.