प्लाष्टिक प्रदर्शनी भृकुटीमण्डपमा सुरु

 

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आजदेखि प्लाष्टिक प्रदर्शनी सुरु भएको छ। प्लाष्ट नेपाल फाउण्डेसनको आयोजनामा आजदेखि सुरू भएकाे अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी ‘प्लास्ट नेपाल–२०२२’ १४ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा प्लाष्टिकसँग सम्बन्धित सय वटाभन्दा बढी कम्पनी सहभागी छन्। स्वदेशी र विदेशी कम्पनीहरु सहभागी प्रदर्शनीमा प्लाष्टिकको कच्चा पदार्थ, तयारी सामान र मेसिनरी प्रोडक्ट प्रदर्शनी भइरहेकाे अफिस सेक्रेटरी सुनेना महर्जनले जानकारी दिइन् ।

jutta mela

प्रदर्शनीमा सहभागी भइ प्लाष्टिकसँग सम्बन्धित नविनतम प्रविधिबारे जानकारी लिन सकिने महर्जनले बताइन् । बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म प्रदर्शनीमा सहभागी भएर अवलोकन गर्न सकिनेछ ।

You might also like

Comments are closed.