प्रभु बैंकका ग्राहकलाई बानेश्वरको समाज डेन्टल हस्पिटलमा छुट

काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई डेन्टलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरिएको छ ।

डेण्टल हस्पिटल र बैंक बीच ग्राहकलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने समझदारी भएको छ । डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले संयुक्त हस्ताक्षर गरेका छन् ।

बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट, डेण्टल हस्पिटलका सम्पूर्ण शाखामा यो सेवा प्राप्त गर्न सक्नेछन् । हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ ।

यस बैंकका नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह भइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । यो बैंक ग्राहकको रोजाईको अग्रणी बैंकको रूपमा रहेको छ । छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

You might also like

Comments are closed.