मनाङको फार्म हाउस होटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई छुट

पोखरा । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवामा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड तथा क्रेडीट कार्ड र बैंकको अन्य कुनै विद्युत्तिय माध्यमद्घारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा बिशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । एग्रो मनाङ प्रा. ली. द्घारा सञ्चालित फार्म हाउस होटल बिगत ५ बर्षदेखी सञ्चालनमा आएको मनाङ जिल्लाकै सुबिधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ ।

ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यलय, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई ‘बिश्वास लिन्छौं बिश्वास दिन्छौँ’ मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको यस बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.